प्रतिनिधि सभामा सांसद थेबेले मागे सुकुम्वासीदेखि शेयर बजारसम्मको हिसाब
काठमाडौँ । नेकपा (एमाले) का सांसद क्षितिज थेबेले वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै जनसरोकारका विषयमा सरकारसँग जवाफ माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थेबेले सरकारको नीति र कार्यान्वयनका बीच ठुलो खाडल देखिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
