SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ १०:०८ AM · 1 मिनेट पढाइ

नेपालको स्वास्थ्य क्षेत्रलाई निरन्तर सहयोग रहने नर्वेको प्रतिबद्धता

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग नेपालका लागि नर्वेका राजदूत ड्याग्नी म्योसबीच आज शिष्टाचार भेटवार्ता भएको छ । उनिहरुबीच नेपाल–नर्वेबीचको द्विपक्षीय सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा भइरहेको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।