SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ १०:१५ AM · 1 मिनेट पढाइ

त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गर्ने व्यक्ति पठाओ चालक

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्ने व्यक्ति पठाओ चालक रहेको पाइएको छ । नगरप्रहरीले मोटरसाइकलमा ह्वील लक गरिदिएपछि आवेशमा आएर उनले आत्मदाहको प्रयास गरेका थिए । उनी मुगुको सोरु गाउँपालिका वडा नं. ०१ घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय गणेश नेपाली रहेका छन् ।