SHARE
अन्नपूर्ण · बिहीबार २५ असार २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

कर्णालीलाई भाषण र नारामा सीमित गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : सांसद शाही

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले कर्णालीलाई भाषण र नारामा मात्र सीमित गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा  बोल्दै उनले विकासका अधिकांश सूचकमा कर्णाली अझै पनि पछाडि रहेको बताए।उनले कर्णालीमा गरिबी, अशिक्षा, बेरोजगारी, खाद्य असुरक्षा तथा स्वास्थ्य सेवाको अभावका कारण नागरिकहरू संविधानले सुनिश्चित गरेका आधारभूत अधिकारबाट समेत वञ्चित हुनुपरेको उल्लेख गरे।