SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ ०८:२७ AM · 1 मिनेट पढाइ

साउन १ गतेदेखि नै विकास आयोजनाको टेण्डर आह्वान गर्न माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष् गजुरेलले आगामी नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै बजेट तथा कार्यक्रम कार्यान्वयनमा तदारुकता देखाउन सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद गजुरेलले बजेट र कार्यक्रम सदनबाट पारित भइसकेको सन्दर्भमा अब सरकारको पूर्ण ध्यान प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताए ।