संविधानको मर्ममाथि प्रश्न उठेपछि संशोधन कार्यदलबाट अलग भयौँ : नेकपा
काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रमेशकुमार हमालले संविधानको मर्ममाथि नै प्रश्न उठाउन थालेकाले सरकारद्वारा गठित संविधान संशोधन बहसपत्र तयार पारिएको कार्यदलबाट आफ्नो पार्टी अलग हुनु परेको स्पष्ट पारेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले उक्त स्पष्टीकरण दिएका हुन् ।
