SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ ०९:०५ AM · 1 मिनेट पढाइ

गोल्डेन बुटको रोमाञ्चक दौड : मेस्सी अगाडि, एम्बाप्पे र हालान्डको कडा चुनौती

काठमाडौँ। फिफा विश्वकप २०२६ उपाधिको प्रतिस्पर्धा अन्तिम चरणमा पुग्दै गर्दा सर्वाधिक गोलकर्तालाई प्रदान गरिने ‘एडिडास गोल्डेन बुट’ को दौड पनि झन् रोमाञ्चक बनेको छ। सेमिफाइनलअघि अर्जेन्टिनाका लियोनेल मेस्सी, फ्रान्सका केलियन एम्बाप्पे, नर्वेका एर्लिङ हालान्ड र इङ्गल्यान्डका ह्यारी केनबिचको प्रतिस्पर्धाले विश्व फुटबल समर्थकको ध्यान खिचेको छ। हालसम्म मेस्सी ८ गोलसहित शीर्ष स्थानमा छन्।