SHARE
अन्नपूर्ण · बिहीबार २५ असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

नेकपाको प्रश्न : हाइवेको एक्सप्रेस गाडी अटो ड्राइभमा त छैन ?

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रमेशकुमार हमालले हाइवेको वर्तमान एक्सप्रेस गाडी अटो ड्राइभमा त छैन भन्दै संसदमा प्रश्न गरेका छन् ।प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद हमालले अहिले डिजिटलाइजेशन, अल्गोरिदमलगायतका कुराहरु उठिरहेको बताउँदै कतै वर्तमान सरकारको एक्सप्रेस गाडी अटो ड्राइभमा त छैन भन्दै प्रश्न गरेका छन् । उनले सरकार प्रमुख सिटमा भएको तर, त्यसको सफ्टवेयर, त्यसको अल्गोरिदम कसैद्वारा सञ्चालित त छैन भन्दै आशंका व्यक्त गरेका छन् ।