SHARE
अन्नपूर्ण · बिहीबार २५ असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

चीनका लागि ७ नेपाली पूर्वराजदूतको प्रश्न : दलाई लामाको जन्मदिन सरकारको सहमतिमा मनाइएको हो ?

काठमाडौं : सरकारलाई चीनका लागि नेपाली पूर्वराजदूतहरुले परराष्ट्रनीतिको प्रतिबद्धतालाई दृढतापूर्वक पालना गर्न अपिल गरेका छन्। चीनका लागि ७ जना नेपाली पूर्वराजदूतहरुले संयुक्त विज्ञप्ति निकाल्दै नेपालमा १४ औं दलाइ लामाको ९१ औं जन्मदिन मनाइएको र सो कार्यक्रममा विदेशी नियोगका प्रतिनिधिहरूको समेत सहभागिता रहेको भन्ने समाचारले चिन्तित बनाएको जानकारी गराएका हुन्।