श्रम आप्रवासी भर्ना लगत सर्वेक्षण : एजेन्टमार्फत जाने श्रमिकको लागत उठाउन ५ महिना लाग्ने
काठमाडौं : वैदेशिक रोजगारीका लागि दर्ता नभएका कम्पनी र एजेन्टमार्फत विदेश जाने श्रमिकले सबैभन्दा बढी आर्थिक भार खेप्नु परेको एक सरकारी प्रतिवेदनले देखाएको छ। ती श्रमिकलाई विदेश पुगेर आफूले तिरेको लागत रकम उठाउनमात्रै करिब ४.८ महिना लाग्ने गरेको छ।राष्ट्रिय तथ्यांक कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को प्राविधिक सहयोगमा पहिलोपटक तयार पारेर सार्वजनिक गरेको ‘आप्रवासी भर्ना लागत सर्वेक्षण’ले यस्तो तथ्य बाहिर ल्याएको हो।
