उजुरीकर्ता र प्रस्तावित व्यक्तिसँगको छलफल एउटै दिन गरौँ- कविन्द्र बुर्लाकोटी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले संसदीय सुनुवाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन प्रस्तावित व्यक्ति र उजुरीकर्ताबीचको छलफल एकै दिन गर्न प्रस्ताव गरेका छन् । प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ सम्बन्धी छलफल गर्न बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
