सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लागेको छः मन्त्री पोखरेल
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिबद्ध भएर निरन्तर लागि परेको दाबी गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त दाबी गरेका हुन् । नेपाल सरकारको प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले सरकारले शासकीय सुधारको प्रयासलाई थप संस्थागत, परिष्कृत र परिणाममुखी बनाउँदै अघि बढाएको जिकिर समेत गरे ।
