विश्वकप फाइनलमा जस्टिन बिबर, शाकिरालगायत विश्व प्रसिद्ध कलाकारको प्रस्तुति
काठमाडौँ। फिफा विश्वकप २०२६ को फाइनल खेल केवल फुटबलको रोमाञ्चक प्रतिस्पर्धामा मात्र सीमित रहने छैन। विश्व प्रसिद्ध कलाकारहरूको साङ्गीतिक प्रस्तुतिसमेत रहने भएपछि यस पटकको फाइनल खेल, खेल र मनोरञ्जनको अनुपम सङ्गम बन्ने भएको छ। विश्व प्रसिद्ध क्यानेडेली पप गायक जस्टिन बिबरले विश्वकप फाइनलको हाफटाइम साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिने भएका छन्।
