SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ ०८:११ AM · 1 मिनेट पढाइ

संवैधानिक संस्थाहरूलाई कार्यपालिकाको लाचार छायाँ मात्रै बनाइयो: सांसद केसी

काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले संवैधानिक संस्थाहरूलाई कार्यपालिकाको लाचार छाया मात्रै बनाउने काम भएको आरोप लगाएका छन् । प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ सम्बन्धी छलफल गर्न बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो बताएका हुन् । उनले संवैधानिक संस्थाहरू कार्यपालिकाको प्रभावबाट मुक्त हुन नसकेको टिप्पणी गरे ।