खामेनीको अन्त्यसँगै इरानमा एउटा युग समाप्त, ध्वस्त निवासको भिडियो सार्वजनिक
तेहरान : इरान सरकारले आफ्ना दिवंगत सर्वोच्च नेता (सुप्रिम लिडर) आयातोल्लाह अली खामेनीको आवासीय परिसरमा भएको मिसाइल आक्रमण र त्यसबाट पुगेको क्षतिको आधिकारिक भिडियो पहिलो पटक सार्वजनिक गरेको छ। बुधबार राति सार्वजनिक गरिएको ३५ सेकेन्डको उक्त भिडियोमा अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणका कारण खामेनीको निवास भग्नावशेषमा परिणत भएको देखिन्छ। राजधानी तेहरानमा खामेनीको अन्तिम संस्कारको औपचारिक कार्यक्रम चलिरहेका बेला सरकारले यो भिडियो जारी गरेको हो।
