SHARE
अन्नपूर्ण · बिहीबार २५ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट बाहिरियो एमाले

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट बाहिरिएको छ। संशोधनका लागि बहसमा ल्याइएका विषयहरू संघीय लोकतान्त्रिक गणतन्त्रको विरूद्धमा देखिएको र पार्टीको प्रस्ताव अनुसार सरकारका तर्फबाट कुनै स्पष्ट जवाफ नआएकाले एमाले कार्यदलबाट बाहिरिएको महासचिव शंकर पोखरेलले जानकारी दिए।उनले कार्यदलमा पार्टीका तर्फबाट डा. भीम अधिकारी प्रारम्भिक चरणमा सहभागी भए पनि कार्यदलको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधिलाई फिर्ता बोलाउने निर्णय गरिएको बताए।