SHARE
अन्नपूर्ण · बिहीबार २५ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनमा आईजीपी कार्कीको सम्बोधन

काठमाडौं : संयुक्त राज्य अमेरिकामा जारी संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनलाई सम्बोधन गर्दै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विश्वव्यापी शान्ति, सुरक्षा तथा कानुनी शासनको सुदृढीकरणका लागि अन्तर्राष्ट्रिय प्रहरी सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका छन्।