SHARE
अन्नपूर्ण · बिहीबार २५ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

सभ्यता हराउँदै कि समाज बदलिँदै ?

समाजको सभ्यता मानिसले बनाएका अग्ला भवनले होइन, मानिसले प्रयोग गर्ने शब्दले मापन हुन्छ। मीठो बोलीले संसार जित्न सकिन्छ भन्ने उखान कुनै समय धेरै सुनिन्थ्यो। अहिले पनि कहिलेकाहीँ सुनिन्छ। जुन केवल भाषिक सौन्दर्यमात्र थिएन, बरु सामाजिक दर्शन थियो, जसले सम्मान, सहिष्णुता र पारस्परिक विश्वासलाई जीवनको आधार मान्थ्यो।