संवैधानिक नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने तर पुरानै अभ्यासलाई निरन्तरता दिइयो: पद्मा अर्याल
काठमाडौँ । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्या अर्यालले निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा नियुक्तिका लागि खुला प्रतिस्पर्धाको व्यवस्था गर्नुपर्ने बताएकी छन् । प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ सम्बन्धी छलफल गर्न बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो बताएकी हुन् ।
