SHARE
अन्नपूर्ण · बिहीबार २५ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

सुन र चाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा बिहीबार सुन-चाँदी दुवैको मूल्य घटेको छ । बुधबारको तुलनामा सुन तोलामा २ हजार ४०० र चाँदी  १६०  रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोलाको  २ लाख ८४ हजार ७०० कायम भएको छ।महासंघका अनुसार चाँदी प्रतितोलाको ४ हजार ३४० कायम भएको छ । यसअघि बुधबार  सुन प्रतितोला २ लाख ८७ हजार १०० र  चाँदी ४ हजार ५०० मा कारोबार भएको थियो ।