फोटो स्टुडियोबाटै नक्कली नागरिकता उत्पादन
विराटनगर : विराटनगरमा एउटा फोटो स्टुडियोलाई नै नक्कली नागरिकता उत्पादन गर्ने केन्द्र बनाइएको तथ्य खुलेपछि गिरोहका दुई जना बुधबार पक्राउ परेका छन् । मजदुरी गरेर जीवनयापन गरिरहेकी एकल महिला मनिषा कामतले नागरिकता बनाई दिन भन्दै विराटनगर–११ का ६५ वर्षीय अशोककुमार श्रेष्ठलाई एक लाख ३० हजार रुपैयाँ बुझाएकी थिइन् ।उनले फोटो र आवश्यक कागजात बुझाएको तीन दिनमै आफू र आफ्ना मामाको नागरिकता प्राप्त गरिन् ।
