प्रतिनिधि सभा बैठकमा के हुँदैछ ?(लाइभ)
काठमाडौं : प्रतिनिधि सभाको बैठक सुरू भएको छ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीअनुसार बैठकमा महान्यायाधिवक्ता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस गरिनेछ।प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन,न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/८२ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पैँतीसौं वार्षिक प्रतिवेदन २०८१/८२ प्रतिनिधि सभामा पेस गर्ने कार्यसूची छ।
