प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो
काठमाडौं : प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरू भएको छ। सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बिहीबार बिहान ९:३० बजे बसेको संसदीय सुनुवाइ समितिको बैठकबाट सुनुवाइ प्रक्रिया सुरू गरिएको हो।असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदका लागि मानबहादुर कार्की तथा निर्वाचन आयुक्त पदका लागि राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम सिफारिस गरेको थियो।
