हामी सीमा बिर्सने पुस्ताका होइनौँ, सीमा जोगाउने पुस्ताका प्रतिनिधि हौं : ओली
काठमाडौं : राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले अहिलेको पुस्ता सीमा बिर्सने पुस्ताका नभई जोगाउने पुस्ताका प्रतिनिधि भएको दाबी गरेकी छन्। प्रतिनिधि सभाको आजको बैठकमा उनले प्रधानमन्त्री बालेनको गैरजिम्मेवार अभिव्यक्तिको विरोध गर्दै नेपालको राष्ट्रिय स्वाभिमानभन्दा माथि कुनै दल, सरकार, पद वा व्यक्तिलाई कहिल्यै राख्न नसकिने बताइन्। उनले भनिन्,‘हामी सीमा बिर्सने पुस्ताका होइनौँ; सीमा जोगाउने पुस्ताका प्रतिनिधि हौँ।
