SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ ०६:०५ AM · 1 मिनेट पढाइ

ललितपुरमा साउन १५ देखि घरघरमै स्वास्थ्य सेवा

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी साउन १५ गतेदेखि बालबालिका, अशक्त व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्यकर्मीमार्फत घरघरमै स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । नगरप्रमुख चिरीबाबु महर्जनले स्वास्थ्यमा कुनै समस्या आएमा महानगरको हटलाइन फोन नम्बर ११३१ मा सम्पर्क गर्ने नगरवासीलाई अनुरोध गरेका छन् ।