SHARE
अन्नपूर्ण · बिहीबार २५ असार २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

उद्योगी–व्यवसायीसँग संवादमा प्रधानमन्त्री - ‘उद्योगीलाई तर्साउने सरकारको नीति छैन’

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले उद्योगी–व्यवसायीलाई थुन्ने वा तर्साउने सरकारको कुनै उद्देश्य नरहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा निजी क्षेत्रका ६ प्रमुख प्रतिनिधिसँगको करिब दुई घण्टा लामो छलफलमा प्रधानमन्त्रीले व्यवसायीलाई तर्साउने सरकारको नीति नभएको बताए । दुई घण्टा लामो छलफलमा प्रधानमन्त्री शाह, उनका सचिवालयका ६ जनाको टोली र ६ जना उद्योगी व्यवसायीका प्रतिनिधि सहभागी भएका थिए ।