निर्माण व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल निर्माण व्यवसायीसँग छलफल गर्ने भएका छन्।प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साढे ११ बजे निर्माण क्षेत्रमा देखिएका समस्या, समाधान, निर्माण व्यवहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा निर्माण व्यवसायीसँग संवाद गर्न लागेका हुन्।
