SHARE
अन्नपूर्ण · बिहीबार २५ असार २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

पक्राउ परेका नगर प्रहरीलाई बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश

जनकपुरधाम : महोत्तरी जिल्ला अदालतले गौशाला नगरपालिकाका आठ जना पक्राउ परेका प्रहरीलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । मञ्जुरी बिना गौशाला नगरपालिकाले ढल निकास गर्न खोजेपछि रोक्न गएका निगौल गाई गौशाला व्यवस्थापन कार्यालय प्रमुख कान्तिकुमारी पाण्डेलाई कुटपिट तथा दुव्र्यवहारको घटनामा पक्राउ परेका नगर प्रहरीलाई जिल्ला अदालत महोत्तरीले थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।