खाद्य गुणस्तर परीक्षणका लागि काठमाडौं महानगरको आफ्नै अत्याधुनिक प्रयोगशाला
काठमाडौं : काठमाडौं महानगरपालिकाले खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला (फुड वायोलोजिकल टेस्टिङ ल्याब्रोटोरी) सञ्चालनमा ल्याएको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं प्लाजाको पाँचौँ तलामा प्रयोगशालाको बुधबार शुभारम्भ गरेकी हुन्। अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम स्थापित प्रयोगशाला कृषि तथा पशुपन्छी विभाग अन्तर्गत सञ्चालन हुनेछ।
