SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ ०४:२५ AM · 1 मिनेट पढाइ

इरानमा अमेरिकाको नयाँ चरणको आक्रमण, तेहरानद्वारा कडा प्रतिवादको चेतावनी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य लक्ष्यहरूमा नयाँ चरणको हवाई आक्रमण सम्पन्न गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले यससम्बन्धी आधिकारिक जानकारी गराएको हो । हर्मोज जलडमरूमध्य भएर यात्रा गरिरहेका तीनवटा व्यापारिक जहाजहरूमाथि आक्रमण भएपछि त्यसको प्रतिक्रियास्वरूप अमेरिकी सेनाले इरान लक्षित यी आक्रमणहरू गरेको सेन्ट्रल कमाण्डले जनाएको छ ।