भारतको केरलमा भीषण पहिरोः दुई जनाको मृत्यु, सात बेपत्ता
एजेन्सी । भारतको दक्षिणी राज्य केरलको वायनाड जिल्लामा मंगलवार भारी वर्षाका कारण भीषण पहिरो जाँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य सात जना बेपत्ता भएका छन् । अधिकारीहरूकाअनुसार पहिरोमा परी घाइते भएका सात जनालाई उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिएको छ । वायनाड जिल्लाको कल्लाडीस्थित मीनाक्षी पुल नजिकै उक्त पहिरो गएको हो ।
