दक्षिण कोरियाली शेयर बजारमा तीव्र गिरावटः ‘साइडकार’ संयन्त्र सक्रिय, सूचक ५ प्रतिशतभन्दा बढीले ओर्लियो
एजेन्सी । दक्षिण कोरियाली शेयर बजारमा बुधवार तीव्र गिरावट आएको छ । बजारमा देखिएको अत्यधिक उतारचढावलाई नियन्त्रण गर्न मुख्य र प्रविधि केन्द्रित दुवै बजारमा शेयर बिक्रीमा प्रतिबन्ध लगाउने ‘साइडकार’ संयन्त्र सक्रिय बनाइए पनि परिसूचक ५ प्रतिशतभन्दा बढीले घटेको छ ।
