SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ ०३:२० AM · 1 मिनेट पढाइ

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न कुटानीपिसानी मिलसहित विभिन्न आयआर्जनमूलक सामग्री वितरण गरेको छ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रममार्फत ‘व्यावसायिक तथा रोजगार प्रवर्द्धन कार्यक्रम’अन्तर्गत गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा उक्त सामग्री वितरण गरेको हो । स्थानीय तहले लक्षित वर्गको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राख्दै कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।