बाँदरबाट मकै जोगाउन टहरामा पहरा
धनकुटा : संसद्मा बाँदर व्यवस्थापनबारे बहस चलिरहँदा धनकुटा–९ बेलहराकी ७० वर्षीया नरमाया श्रेष्ठ मकैबारी जोगाउन दिनभर बारीको डिलमा बसेर बाँदर खेदाउन बाध्य छिन्। बाँदर धपाउनकै लागि मकैबारीको डिलमा टिनको छानोसहित बाँसको सानो टहरा बनाएकी छिन्।टहरानजिकैको बारीमा मकैमा घोगा लागेको छ। मकैको टुसा पलाउन थालेको छ। यही बेला बाँदरले मकैमा ठूलो क्षति पु¥याउने भएकाले नरमाया केही दिनयता दिनभर बारीमै बस्न थालेकी हुन्।
