संविधान संशोधनको चक्रव्यूह : एकल दस्तावेज बन्ने खतरा
काठमाडौं : झन्डै दुईतिहाइ जनमतसहित सरकारको नेतृत्व गरिरहेको सत्तापक्षलाई संविधान संशोधनको विषय फलामको चिउरा साबित भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असिम शाहको नेतृत्वमा गठित संविधान संशोधन कार्यदलप्रति नै अधिकांश राजनीतिक दलहरूले असन्तुष्टि जनाएका छन्।प्रतिनिधिसभा निर्वाचनको घोषणापत्रमा नेकपा (एमाले) बाहेक नेपाली कांग्रेस, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संविधान संशोधनको विषय उल्लेख गरेका थिए ।
