SHARE
अन्नपूर्ण · बिहीबार २५ असार २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

अमेरिकाद्वारा इरानमा पुनः आक्रमण, ट्रम्पले भने– फेरि हमला भए अझ कडा जवाफ दिन्छौं

काठमाडौं : अमेरिकाले इरानका दक्षिणी तटीय क्षेत्रमा नयाँ हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि फेरि कडा सैन्य कारबाही गर्ने चेतावनी दिएलगत्तै हवाई आक्रमण भएको हो।इरानी सरकारी सञ्चारमाध्यमका अनुसार होर्मुज जलडमरूमध्य आसपासका सिरिक र बन्दर अब्बासलगायत क्षेत्रमा शक्तिशाली विस्फोट भएका छन्। कोनारक, चाबहार र जास्क क्षेत्रमा पनि विस्फोटको आवाज सुनिएको बीबीसीले जनाइएको छ।