SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ ०२:५० AM · 1 मिनेट पढाइ

सवारीसाधन दुर्घटनामा एक जनाको मृत्यु

इनरुवा । कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी साधनका चालक मोरङ रङ्गेली नगरपालिका–३ दर्वेशाका ४२ वर्षीय पदम राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।