SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ ०२:५४ AM · 1 मिनेट पढाइ

गण्डकी र मधेसका प्रदेश प्रमुखबीच भेटवार्ता

गण्डकी । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट र मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबीच बुधबार भेटवार्ता भएको छ । अन्तर–प्रदेश भ्रमणका क्रममा गण्डकी आइपुगेका मधेस प्रदेश प्रमुख कर्णसँग पोखरास्थित निवासमा प्रदेश प्रमुख भट्टको भेटवार्ता भएको हो ।