SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ ०३:०४ AM · 1 मिनेट पढाइ

महीलाई प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको महीलाई प्रवर्द्धन गर्दै आएको छ । पालिकाले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा अन्य पेय पदार्थलाई निरुत्साहित गर्दै महीलाई प्रवर्द्धन गरिएको पालिकाले जनाएको छ । गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बजारमा पाइने पेय पदार्थलाई निरुत्साहित गर्दै स्थानीय उत्पादनको रुपमा रहेको महीलाई प्रवद्र्धन गरिएको बताए ।