SHARE
अन्नपूर्ण · बिहीबार २५ असार २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

‘कुनै पनि बेला आकस्मिक बाढीको जोखिम’

काठमाडौं : अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिकहरूले नेपालमा कुनै पनि बेला आकस्मिक बाढीको जोखिम रहेको बताएका छन्।  सन् २०२६ को मनसुन सिजनमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिए पनि आकस्मिक बाढीको खतरा जतिबेला पनि रहन सक्ने भन्दै उनीहरूले सचेत गराएका हुन्।वैज्ञानिकहरूले हालै पाकिस्तानको बाल्टिस्तान र भारतको अरुणाचल प्रदेशमा बादल फुटेर भएको भारी वर्षा र त्यसपछिको विपद्लाई औंल्याउँदै नेपालमा पनि जुनसुकै बेला यस्तै संकट आउन सक्ने चेतावनी दिएका छन्।