SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ ०१:४१ AM · 1 मिनेट पढाइ

जलाधार कार्यालय जुम्लाद्वारा ९० योजना सम्पन्न

जुम्ला । भू–तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाले चालु आर्थिक वर्षमा ९० योजना सम्पन्न गरेको छ । कार्यालयले पहिरो रोकथाम, तटबन्ध तथा बाँध निर्माण र खोला किनारा संरक्षणका योजना पूरा गरेको भू–तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख लोकेन्द्रबहादुर भण्डारीले जानकारी दिए ।