SHARE
अन्नपूर्ण · बिहीबार २५ असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

कीर्तिमानका बादशाह मेसी

न्युयोर्क : अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६ मा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले आफ्नो फुटबल करियरमा अर्को ऐतिहासिक अध्याय थपेका छन्। ३९ वर्षको उमेरमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका मेसीले विश्व फुटबलका थुप्रै कीर्तिमान आफ्नो नाममा लेखाउँदै अर्जेन्टिनाको उपाधि रक्षा अभियानलाई पनि थप मजबुत बनाएका छन्।यस विश्वकपसँगै मेसीले लगातार ६ वटा विश्वकप खेल्ने पहिलो खेलाडी बन्ने ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।