SHARE
अन्नपूर्ण · बिहीबार २५ असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

कुमारी बैंक र जर्मन वित्तीय संस्थाबीच रणनीतिक साझेदारी

काठमाडौं : कुमारी बैंकले दिगो बैंकिङ अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेसनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ।जर्मनीको संघीय तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित क्षेत्रीय कार्यक्रम एसियाका चयन गरिएका देशहरूमा वित्तीय क्षेत्रको सामाजिक पारिस्थितिकीय रूपान्तरण अभियानअन्तर्गत यो साझेदारी गरिएको हो।