शावमीको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा
काठमाडौं : शाओमीले काठमाडौंको न्युरोडको ताम्राकार हाउसको छैटौं तलामा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। यो सर्भिस सेन्टर शाओमी प्रयोगकर्तालाई थप सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हो।नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (जस्तै स्मार्टवाच र फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन/हेडफोन), तथा आईओटी उपकरणहरूको मर्मत, सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ।
