SHARE
अन्नपूर्ण · बुधबार २४ असार २०८३ ११:०० PM · 1 मिनेट पढाइ

सिरहामा साक्षर घोषणा गर्ने पहिलो पालिका बन्यो लहान

सिरहा : सिरहाको लहान नगरपालिका साक्षर पालिका घोषणा भएका छन् । घोषणामा जिल्लामा पहिलो र मधेस प्रदेशमा चौधौँ पालिका हो ।मेयर महेश चौधरीका अनुसार  स्थायी बसोबास गर्ने १५ वर्ष देखि ६० वर्ष उमेर समहका कुल जनसंख्या मध्ये ९६ प्रतिशत जनसंख्या साक्षर भएको छ । राष्ट्रिय साक्षरताको मापदण्ड अनुसार १५ देखि ६० वर्ष उमेर समहका जनसंख्या ९५ प्रतिशत भन्दा माथी साक्षर भएमा साक्षर नगरपालिका घोषणा गर्न सकिने आधार पुरा भएकोले घोषणा गरिएको छ ।