करेन्ट लागेर कर्मचारीको मृत्यु
काठमाडौं । उदयपुरको बेलका नगरपालिका–९ रामपुर बजारमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ । यहाँस्थित उक्त कार्यालयका अनुसार प्राधिकरणका ४० वर्षीय कर्मचारी मिलन चामलिङको विद्युत्को पोल मर्मत गर्ने क्रममा करेन्ट लागेर आज मृत्यु भएको हो । चामलिङ करार सेवाका कर्मचारी थिए ।
