SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ ११:५३ AM · 1 मिनेट पढाइ

धरानबाट दश जना विचौलिया पक्राउ

सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट १० जना विचौलियालाई पक्राउ गरिएको छ । प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पारी अवैध कमिसनको चलखेल गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।