SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ ११:५४ AM · 1 मिनेट पढाइ

खाद्य गुणस्तर परीक्षणका लागि कामपाद्वारा खाद्य प्रयोगशाला सञ्चालनमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाद्य सुरक्षा तथा गुणस्तर परीक्षणलाई प्रभावकारी बनाउन माइक्रोबायोलोजी प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । काठमाडौँ प्लाजामा स्थापना गरेको ल्याबको बुधवारबाट सञ्चालनमा ल्याइएको हो । काठमाडौँ महानगरपालिकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले एक कार्यक्रमका बीच ल्याब सञ्चालनको शुभारम्भ गरेकी थिइन् ।