एमालेको प्रश्न : प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन हेल्लो सरकारमा निवेदन हाल्नु पर्ने हो ?
काठमाडौं : नेकपा एमालेकी सांसद पद्माकुमारी अर्यालले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सरकारको ‘हेल्लो सरकार’ मा निवेदन दिनुपर्ने हो ? भन्दै प्रश्न गरेकी छिन् ।प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै एमाले सांसद अर्यालले वर्तमान सरकारका १०० दिनमै महँगीले सगरमाथा छुने खोजेको, जनताको चूल्हो चिसिएको, सरकारलाई जवाफदेहि बनाउन संसद दिनैपिच्छे आन्दोलनरत रहेको बताएकी छन् ।
