SHARE
अन्नपूर्ण · बुधबार २४ असार २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

आन्तरिक असन्तुष्टि चिर्दै कोशीको बजेट अनुमोदन

विराटनगर : सत्तारुढ दलभित्र देखिएको असन्तुष्टिकाबीच कोशी प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट पारित गरेको छ ।  सत्तारुढ दलभित्रको आन्तरिक असन्तुष्टि चिर्दै ‘ह्वीप’ जारी गरेर कोशीको बजेट अनुमोदन गराइएको हो ।बजेटका केही व्यवस्था विवादमा परेपछि नेकपा (एमाले) र नेपाली कांग्रेसले आफ्ना सांसदलाई अनिवार्य उपस्थित भई पक्षमा मतदान गर्न ‘ह्वीप’ जारी गरेका थिए ।